रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडाैं | माघ २२, २०७९

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।

 

यसअघि शनिबार साँझ बसेको निर्णयक भनिएको बैठक निष्कर्षविहीन भन्दै आज (आइतबार)का लागि तय भएको थियो ।

 

संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

 

पार्टी कार्यालय बसुन्धारामा आइतबार दिउँसो साढे १ बजे सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

 

चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाउनुभएको छ । पुनः नागरिकता लिनुभएपछि उहाँ गैरसांसद गृहमन्त्री बन्ने कसरतमा हुनुहुन्छ ।

 

आजै सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्